सुत्नुभन्दा अगाडी जानकी मन्दिरको दर्शन गरी सबैले भाेलि फाल्गुन १३ गतेको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
उठ्नुपर्ने रकम प्राप्त भए पनि खर्च गर्नुपर्ने परिस्थिति आउनाले सञ्चय गर्न नसकिएला। आवश्यकता पर्दा कर्जाको रकम भने प्राप्त हुनेछ। खर्च लागे पनि पछि फाइदा हुने काममा जग बसाउने समय छ।। रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरूका विषयमा चासो राख्ने बानीले काममा बाधा पुग्न सक्छ।भाग्यले साथ दिए पनि परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान गर्नेछन् । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यस्त दिनचर्या कायम हुनेछ ।रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ। ढिलै भए पनि काम सम्पन्न हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *